
काठमाडौं । उपेन्द्र यावदले नेतृत्व गरेको जनता समाजवादी पार्टी, नेपालले आज शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । देशको वर्तमान राजनीतिक सन्दर्भसहित गौर हत्या काण्डका विषयमा पनि पार्टीको धारणा सार्वजनिक गर्ने बताइए
जसपाको संसदीय दलको कार्यालय सिंहदरबारमा दिनको २ बजे सम्मेलनको आयोजना गरिने पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
प्रधानमन्त्री प्ष्पकमल दाहालले गौर हत्या काण्डका पीडितहरुसँग उक्त घटनाको छानविन गर्ने पाँच बुँदे सहमति गरेसँगै जसपाभित्र त्यस विषयमा बहस सुरु भएको छ । उक्त काण्डसँग जोडिएको जनता समाजवादी पार्टी अर्थात तत्कालिन मधेसी जनाधिकार फोहारका अध्यक्ष उपेन्द्र यादव रहेकाले यस विषयमा उक्त पार्टी सरकारप्रति सशंकित देखिएको छ । सरकारमा रहेपनि प्रधानमन्त्रीले गरेको सहमतिलाई लिएर जसपाले आफ्नो धारणा सार्वजनिक गर्न लागेको बताएइको छ ।