|
२०८३ श्रावण १३, बुधबार १०:१२
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तीव्र चक्कर र वान्ता भएपछि अस्पताल भर्ना गरिएको छ।
भट्टराईलाई हिजो बेलुका स्वास्थ्यमा समस्या देखिएपछि परिवारले काठमाडौंस्थित ग्राण्डी अस्पतालमा भर्ना गरेका हुन्। चिकित्सकका अनुसार उहाँमा Benign Paroxysmal Positional Vertigo (BPPV) को लक्षण देखिएको छ।
अन्य स्वास्थ्य परीक्षणका रिपोर्टहरू भने सामान्य रहेको र हाल उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको परिवारले जनाएको छ।
भट्टराईकी छोरी मानुसी यमी भट्टराईले परिवारजन तथा इष्टमित्रलाई जानकारी गराउँदै उहाँको स्वास्थ्यमा सुधार भइरहेको बताएकी हुन्।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्