
काठमाडौं । सत्तातारुढ दल नेपाली कांग्रेसले बिपी साहित्य सम्मेलन गर्ने भएको छ। पार्टी कार्यालयमा आज पत्रकार सम्मेलनकाे आयाेजना गर्दै सूचना तथा सञ्चार विभाग प्रमुख मीन विश्वकर्माले साे जानकारी दिनुभएको हाे ।
नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक बिपी कोइरालाको जन्मदिन भाद्र २४ लाई नेपाली कांग्रेस पार्टीले हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उहाँले पु¥याउनु भएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको भन्दै आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्व उत्तिकै सान्दर्भिक रहेकाे पत्रकार सम्मेलनमा विश्वकर्माले उल्लेख गर्नुभयो । कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उहाँ शीर्ष स्थानमा रहनु भएको सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० श्रावण २ देखि १० गते सम्पन्न बैठकले ११० औँ बिपी जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यही भाद्र २४, २५ र २६ गते बिपी स्मृतिभवन सानेपा, ललितपुरमा आयोजना हुने उक्त महोत्सव नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा र नेपाली लेखक सङ्घको संयोजनमा सम्पन्न हुनेछ । तीन दिनसम्म चल्ने महोत्सवमा निम्न विषयमाथि छलफल हुनेछ ः
(क) सम्भाषण (Key note speech)
(ख) सत्रहरु
( १) मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता (२) साहित्यमा पर्यावरण (३) समय र सबाल्र्टन (४) नेपालको मातृभाषा साहित्य (५) बिपीका आख्यानमा नारी (६) बिपीका आख्यानमा मधेश (७) बिपीका दृष्टिमा बिपी (८) बिपीले नपाएका १५ वर्ष (९) अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी (१०) समावेशिता, सामाजिक रुपान्तरण र बिपी (११) युवा स्रष्टामा बिपी पठन (१२) परिवारले बुझेका बिपी
(ग) कविता साँझ,
(घ) गजल साँझ
(ङ) साङ्गीतिक साँझ
(च) चित्रकला प्रदर्शनी
(छ) वृत्तचित्र प्रदर्शनी
(ज) ऐतिहासिक फोटो प्रदर्शनी
पहिलो पटक आयोजना गर्न थालिएको यस ऐतिहासिक साहित्य महोत्सवमा उपस्थित भई दिनु हुन प्राज्ञिक तथा विद्वान वुद्धिजीवि, अध्येता, एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुची राख्ने सबैलाई सहभागी हुन अपिल गरेकाे छ।
कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवं सहज कर्ता तथा कार्यक्रमकाे तालिका यथासिघ्र सार्वजनिक गरिने पनि जनााईएकाे छ ।