नुवाकोट । त्रिशूली नदीमा आएको भयानक बाढीका कारण विदुर नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण निजी तथा संस्थागत विद्यालयहरू बन्द हुने भएका छन्।
विदुर नगर प्याब्सनले सूचना जारी गर्दै भदौ १० गतेदेखि भदौ १६ गते मंगलबारसम्म नगरपालिकाभित्रका सबै निजी तथा संस्थागत विद्यालय बन्द रहने जनाएको हो।
अप्रत्याशित रूपमा आएको बाढीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै विद्यार्थी, अभिभावक तथा शिक्षकको सुरक्षालाई प्राथमिकतामा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको प्याब्सनले जनाएको छ।
विदुर नगर प्याब्सनका अध्यक्ष रामराजा कुमालद्वारा जारी सूचनामा विपद्को यस घडीमा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई धैर्य, संयमता अपनाउँदै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। प्याब्सनले विपद्का कारण उत्पन्न परिस्थितिमा सबैलाई सुरक्षित रहनसमेत आग्रह गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्