विपद्मा बागमती सरकारको राहत प्याकेज : नुवाकोट–रसुवालाई १–१ करोड, मृतकका परिवारलाई २५ हजार

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १४, आईतवार ११:२२


काठमाडौं । बागमती प्रदेश सरकारले बाढी–पहिरोबाट प्रभावित जिल्लाहरूमा तत्काल राहत तथा उद्धारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।


प्रदेश सरकारले प्रभावित जिल्लाका स्थानीय तहमा जाने गरी रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र चितवनलाई ५० लाख रुपैयाँ तत्काल पठाउने निर्णय गरेको हो।


नुवाकोटमा विदुर नगरपालिका र बेलकोटगढी नगरपालिका बाढीबाट प्रभावित भएका छन्। तीमध्ये विदुर नगरपालिकामा ठूलो क्षति भएको छ । विदुरकाे बेत्रावती,त्रिशूली ,ढुंगे ,वेवीघाट बजार बगरमा परिणाम भएको छ । बेलकोटगढीकाे नदी आसपासका क्षेत्रमा बाढीका कारण व्यापक क्षति पुगेको छ। बाढीले सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ।


त्यस्तै, रसुवाको टिमुरेदेखि तल्लो भेग बेत्रावतीसम्म पुर्ण ध्वस्त भएको छ ।सयाै बस्ती बगाएको छ , विशेषगरी उत्तरगयासहितका क्षेत्र बाढीका कारण अत्यन्तै प्रभावित भएका छन्। नदी आसपासका बस्ती तथा संरचनामा ठूलो क्षति पुगेको छ। धादिङमा पनि गल्छी, गजुरीलगायतका केही स्थानीय तह बाढी तथा पहिरोबाट प्रभावित भएका छन्। विपद्का कारण सडक, पुल, घर तथा अन्य संरचनामा क्षति पुगेको छ।


यसैगरी, बागमती प्रदेश सरकारले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिमृतक २५ हजार रुपैयाँ स्थानीय सरकारमार्फत उपलब्ध गराउने निर्णय गरेको छ।


प्रदेश सरकारले तत्कालको राहत, उद्धार र प्रभावित नागरिकको आवश्यक व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ। दोस्रो चरणमा भने प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने भएको छ।


विपद्बबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था, घर तथा अन्य सार्वजनिक संरचनाको क्षतिको विवरण संकलन गरी आवश्यकताका आधारमा पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइने प्रदेश सरकारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *