
विदुर । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष प्रा. डा. अन्जनी कुमार झालाई नेपाल सरकार मन्त्री परिषद्को भाद्र २१ गतेको निर्णयानुसार चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्त गरिएको छ ।
झालाई नेपाल सरकारले उपाध्यक्ष नियुत्तः गरेको भन्दै नेपाल चिकित्सक संघले गौरावान्विद महशुस गर्दै प्रा. डा. झालाई हार्दिक बधाई तथा शुभकामनाका साथ उहाँको सफल कार्यकालको कामना गरेको छ ।
संघले प्रा. डा. झा नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधारका लागि निरन्तर लागि पर्ने जुझारु व्यक्तित्व चिकित्सा शिक्षा आयोगको नेतृत्वदायी भूमिकामा पुग्नु आफैमा सकारात्मक सन्देश भएको नेपाल चिकित्सक संघको ठहर रहेको उल्लेख गरिएको छ ।