डीएमभी–नुवाकोट समाजद्वारा प्रधानमन्त्री राहत कोषमा करिब ४ लाख ९३ हजार रुपैयाँ सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १९, शुक्रबार ०८:०४


काठमाडौँ । मातृभूमि तथा जन्मभूमिमा आएको प्राकृतिक विपत्तिपछि राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले अमेरिका रहेको नेपालीहरुकाे संस्था डीएमभी–नुवाकोट समाजले नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा ३ हजार ५ सय ७१ अमेरिकी डलर (करिब ४ लाख ९३ हजार रुपैयाँ) सहयोग गरेको छ।


समाजले विपत्तिको दुःखद् घडीमा पीडित परिवारलाई राहत तथा उद्धारमा केही सहयोग पुगोस भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।


समाजले महाविपत्तिका कारण आफ्ना आफन्त तथा साथीभाइ गुमाउनु परेको, कतिपय अझै बेपत्ता रहेको, घाइते भएको तथा धेरै परिवार घरबारविहीन बनेको जनाएको छ। भौतिक रूपमा टाढा रहे पनि पीडादायी अवस्थामा निरन्तर प्रार्थना तथा विभिन्न माध्यमबाट सहयोगका प्रयासहरू गरिरहेको समाजले उल्लेख गरेको छ।


विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै समाजले बेपत्ता भएकाहरूको शीघ्र उद्धार, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा घरबारविहीन परिवारका लागि प्रभावकारी राहत र यथाशीघ्र पुनर्स्थापनाको कामना गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *