
विदुर । ,स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधार दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार, भन्ने मुल नाराका नुवाकोटमा करदाता शिक्षा कार्यक्रमको आयोजना गरिएको छ । नुवाकोट उद्योग बाणिज्य संघको समन्वयमा करदाता सेवा कार्यालय ,गल्छी धादिङको आयोजनामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नुवाकोट जिल्लाका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कर अधिकृतहरुले आफ्ना व्यवसायसँगै करमा दर्ता भएर सहज रुपमा व्यापार व्यवसाय गर्नका लागि आग्रह गरेका थिए । नुवाकोट उद्योग बाणिज्य संघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच नुवाकोट, धादिङ कर अधिकृत शिखा वाग्लेलाई नुवाकोट उद्योग बाणिज्य संघ अध्यक्ष राजेन्द्र श्रेष्ठले मायाको चिनो सहित सम्मान व्यक्त गरिएको थियो ।

आन्तरिक राजश्व कार्यालय अन्र्तरगत नुवाकोट जिल्लाको करसम्बन्धि सम्पूर्ण काम आन्तरिक राजश्व कार्यालय कलंकी अन्र्तरगत गल्छीमा रहेको करदाता सेवा कार्यालयले गर्दै आइरहेको छ । जसका कारण नुवाकोट र धादिड.का व्यवसायीहरुलाई राजधानी आउनुपर्ने अवस्थाको अनत्य भएको छ ।