बाढी प्रभावित नागरिकका लागि विदुर नगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २६, शुक्रबार २०:०३

नुवाकोट — भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण विदुर नगरपालिकाका विभिन्न वडामा जनधन, भौतिक पूर्वाधार तथा दैनिक जनजीवनमा ठूलो क्षति पुगेको छ। बाढीका कारण प्रभावित नागरिकलाई आवतजावत तथा स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्नसमेत कठिनाइ भइरहेको छ।


विपद्को यस विषम परिस्थितिमा प्रभावित नागरिकको स्वास्थ्य सुरक्षा र अत्यावश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न विदुर नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
बाढी तथा विपद्का कारण स्वास्थ्य उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्थासम्म जानुपर्ने नगरवासीले उक्त सेवा निःशुल्क रूपमा उपयोग गर्न सक्ने नगरपालिकाले जनाएको छ।


प्रभावित नागरिकको जीवनरक्षा, स्वास्थ्य सुरक्षा तथा अत्यावश्यक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नगरपालिकाले विपद्को कठिन परिस्थितिमा नागरिकलाई आवश्यक सहयोग र सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
निःशुल्क एम्बुलेन्स सेवाका लागि सम्पर्क:
प्रदीप कुमार तामाङ — ९८४१५८७८५४

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *