विदुरले सिमचाैर–गौरीबेँसी सडक जोड्न बेली ब्रिज बनाउने , सेनासँग समन्वय माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३०, मंगलवार १३:०७

नुवाकोट । भोटेकोशी–त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट सडक तथा नदी तटीय क्षेत्रमा ठूलो क्षति भएपछि विदुर नगरपालिकाले प्रभावित क्षेत्रलाई सडक सञ्जालमा जोड्न बेली ब्रिज निर्माण गर्ने भएको छ।

विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले विदुर ४ सिमचाैर र –गौरीबेँसी सडक जोड्न बेली ब्रिज निर्माणको तयारी

नेपाली सेनाको जंगी अड्डा, भद्रकालीलाई पत्र पठाउँदै बेली ब्रिज निर्माणका लागि समन्वय तथा सहजीकरण गरिदिन आग्रह गरेका छन्। विदुर नगरपालिका र बाढी प्रभावित क्षेत्रलाई जोड्ने सडक सञ्जाल प्रभावित भएपछि आवतजावत सहज बनाउन पुल निर्माण गर्न लागिएको पत्रमा उल्लेख छ।


नगरपालिकाका अनुसार २०८३ भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्र तथा सडक पूर्वाधारमा पूर्णरूपमा क्षति पुगेको छ।
बाढीका कारण प्रभावित नागरिकलाई आवतजावत तथा राहत–उद्धारमा सहजता पु¥याउन स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकाबाट बेली ब्रिज निर्माण गर्न लागिएको नगर प्रमुख श्रेष्ठले जनाएका छन्।


नगरपालिकाले सम्बन्धित स्थानमा बेली ब्रिज निर्माणका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन नेपाली सेनासमक्ष अनुरोध गरेको हो। विदुर नगरपालिका आफैंले पनि त्रिशूली बाढीबाट भएको क्षतिको विस्तृत अध्ययन गरी पुनःस्थापना तथा पुनर्निर्माणको योजना अघि बढाइरहेको छ।


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *