|
२०८३ भाद्र ३१, बुधबार १५:१३
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–२ पिमलटारका बाढीपीडित नागरिकलाई सामाजिक संस्था ‘टुगेदर फर चेन्ज’ले राहत सामग्री वितरण गरेकाे छ।
बाढीबाट प्रभावित पिमलटारका नागरिकलाई आवश्यक राहत सामग्री संस्थाको टोलीमार्फत पठाइएको जनाइएको छ। संस्थाले पिमलटारका सम्पूर्ण बाढीपीडित नागरिकलाई राहत वितरण कार्यक्रममा उपस्थित भई राहत सामग्री ग्रहण गर्न आग्रह गरेको छ।
राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि तथा स्थानीय अगुवा युवा दाजुभाइलाई आवश्यक समन्वय गरिदिनसमेत संस्थाले आग्रह गरे अनुसार राहत सामाग्री वितरण भएको स्थानीयले जनाएका छन् ।
‘टुगेदर फर चेन्ज’का अध्यक्ष मिन अधिकारी र उपाध्यक्ष युवराज पण्डित रहेका छन्। संस्थाले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराएको जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्