
शुकदेव दाहाल
स्वास्थ्य मानिसको सबैभन्दा ठुलो सम्पत्ति हो । मानिस जति स्वस्थ हुन्छ त्यतिनै उसमा उर्जाले भरिपुर्ण हुन्छ । हाम्रो मु्लुकमा स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएको संविधानमा नै स्पष्ट रुपमा व्यवस्था गरिएको छ । तर जनताको पहुँच स्वास्थ्य सेवामा पुग्न सकेको छैन । केही सिमित सरकारी अस्पतालहरुले दिने सेवा सामान्य नागरिकको पहुचसम्म पुग्न सकिरहेको छैन । ठुला र सुविधा भएका अस्पताल राजधानीमा मात्रै केन्द्रीत छन् । जसमा बिरामीको भीड थामिनसक्नु हुन्छ । जहाँ उपचारका लागि महिनौ पालो पर्खनु पर्ने अवस्था छ ।
यस्तै नीजि रुपमा खुलेका अस्पताहरुमा भने सामान्य मानिस छिर्न सक्ने अवस्था छैन । जसका कारण कयौं मानिस उपचार नपाएर ज्यान फाल्न बाध्य हुनुपर्ने अवस्था छ । यो विकराल अवस्थाकाबीच बिरामी र चिकित्सकबीच विश्वासके संकट पैदा भएको छ । केही समयअघि हेटौडामा चिकित्सकमाथि भएको आक्रमण विभिन्न स्थानमा हुँदै आइतबार काठमाडौंसम्म आइपुगेको छ । बिरामीका आफन्तहरुले समयमा उपचा नपाएको, सहि उपचार नगरिएको जस्ता विभिन्न विषयमा असन्तुष्टि पोख्दै भौतिक आक्रमण समेत गर्न थालेका छन् ।
बिरामीको उपचार गर्नुपर्ने चिकित्सक आफै असुरक्षित भएपछि आन्दोलनमा उत्रन बाध्य भए । चिकित्सकहरुका तीन दिनको आन्दोलनपछि सरकार र चिकित्सक महासंघबीच पाँच बुँदै सहमति भएको छ । तर यसको मसि सुक्न नपाउँदै फेरि आइतबार चिकित्सकमाथि आक्रमण भएको छ । यस्ता घटना आफैमा निन्दनीय छन् । स्वास्थ्य क्षेत्रमा देखिएका सुधारसँगै बिरामीका आफन्तहरुबाट स्वास्थ्य संस्था र चिकित्सकहरुप्रतिको विश्वासमा दरार पैदा हुनु अत्यन्त दुःखद कुरा हुन । झन चिकित्सकहरुमाथि भौतिक आक्रमण हुनु त झन ठुलो अपराध नै मान्नुपर्दछ ।
यस विषयमा सरकारले चिकित्सकहरुसँग सहमति त गरेको छ । जबसम्म बिरामी र चिकिस्तकबीच विश्वासको वातावरण तयार हुँदैन तबसम्म स्वास्थ्य क्षेत्र प्रभावित हुने देखिन्छ । एकातर्फ चिकित्सकप्रति अुन्तुष्टि अर्कोतर्फ बिरामीका परिवाबाट असुरक्षित चिकित्सककले कसरी सेवा प्रवाह गर्नसक्छन् । यो अवस्था रहि रह्यो भने मानिसले उपचार नपाउने अवस्था पनि आउन सक्छ । यसतर्फ सबै सचेत हुनु जरुरी छ ।
अर्कोतर्फ चिकित्सकहरुले पनि हतारमा उपचार गर्ने र फर्सुतमा पछुताउने गरेको पनि धेरै उदाहरणहरु छन् । यसतर्फ पनि चिकित्सहरुको ध्यान जानु जरुरी छ । चिकित्सक र बिरामीका आफन्तबीचको सोभाद्रतापूर्ण सम्बनधले मात्रै बिरामीले सहि समयमा सहि उपचार पाउन सक्छ । तसर्थ यस्ता समस्याहरुको दिर्घकालि समाधान खोज्न सरकार र चिकित्सक संघले पहल कदमीलाई थप तिब्रता दिनुपर्ने आवश्यकता देखिएको छ ।