
विदुर । देबिघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रीत ४२ जना ज्येष्ठ नागरिकलाइ निशुल्क स्वास्थ बिमा कार्ड प्रदान गरिएको छ । शनिबार प्रष्ठिानमा आयोजित एक कार्यक्रममाबीच बाग्मती प्रदेश सरकारबाट जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा देबिघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रीत ४२ जना ज्येष्ठ नागरिकलाइ निशुल्क स्वास्थ बिमा कार्ड प्रदान गरिएको हो ।
बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिह लामाको प्रमुख आतिथ्यता र प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट कार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक रजिन्द्र बिक्रम सिह ठकुरी उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक रजिन्द्र बिक्रम सिह ठकुरी बिदुर नगरपालिका का उप प्रमुख प्रभा बोगटी ,निमित्त प्रमुख जिल्ला अधिकारी,प्रहरी उपरिक्षक ज्यु,राजनितिक दलका प्रमुख प्रतिनिधि ,वडा अध्यक्ष जनस्वास्थ्य कार्यालयका प्रमुख तथा स्वास्थकर्मी र विभिन्न क्षेत्रका व्यतित्वहरुको उपस्थिति रहेको प्रष्ठिानका अध्यक्ष विष्णु नेपालले जानकारी दिनुभयो ।