काठमाडौं । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।
समितिका अनुसार यस वर्ष यमपञ्चकअन्तर्गतका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन्।
कात्तिक २० गते शुक्रबार धनत्रयोदशी अर्थात् धनतेरस र यमदीपदान गरिनेछ। त्यसैगरी कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ।
कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ भने कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ।
त्यस्तै, कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ। सोही दिनदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ।
यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइने समितिले जनाएको छ।
समितिका अनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर टीका लगाउनुपर्नेछ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्