मन्त्रिपरिषद् बैठकः प्रेस काउन्सिल ऐन संशोधनसहित दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १७, मंगलवार १७:२३

काठमाडौं – मन्त्रिपरिषद्को बैठकले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।


मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि संचारकर्मीहरुलाई जानकारी दिए ।


प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सिफारिस गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *