नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा १९ जना मनोनित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २८, सोमबार १७:५५


काठमाडौं, वैशाख २८ । नेपाली कांग्रेस का सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमितिमा १९ जनालाई सदस्य पदमा मनोनयन गरेका छन्।


पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूमध्येबाट उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको जनाइएको छ।


मनोनित हुनेहरूमा महेन्द्र यादव (धनुषा), जीवन परियार (कास्की), उमेश श्रेष्ठ (चितवन), रमेश रिजाल (पर्सा), सुजाता कोइराला (मोरङ), दिलेन्द्रप्रसाद बडू (दार्चुला), डा. चन्द्रकान्त भण्डारी (गुल्मी), अजयकुमार चौरसिया (पर्सा), लक्ष्मी परियार (उदयपुर), आङ्गेलु शेर्पा (सोलुखुम्बु), दिनेशकुमार यादव (सप्तरी), राजीव कोइराला (सुनसरी), राजीव ढुंगाना (सुनसरी), प्रा.डा. गोविन्दराज पोखरेल (प्यूठान), सुशिला मिश्र भट्ट (कैलाली), नागिना यादव (महोत्तरी), दिनेश कोइराला (चितवन), डा. जीवन राना (कैलाली) र सीता थपलिया ‘उर्मिला’ (धादिङ) रहेका छन्।

मनाेनित भएका नेताहरुमा निर्वतमान सभापति शेरबहादुर देउवा र डा शेखरपक्षका नेताहरु रहेका छन् ।


का.वा.मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा नवमनोनित सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *