हड्ताल निषेध गरिएका २५ सेवाक्षेत्र के के छन् ? (सूचीसहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २७, बुधबार ०९:०२

२७ जेठ, काठमाडौं । सरकारले इन्टरनेट सेवासहित २५ क्षेत्रमा हड्ताल निषेध गरेको छ । गृह मन्त्रालयको सूचना नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी २५ क्षेत्रमा बन्द हड्ताल गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।

सूचनामा लेखिए अनुसार सञ्चार, इन्टरनेट सेवा, बैंकिङ, बीमा र विद्युत्, भेटेरिनरी, राहदानी विभाग र कन्सुलर सेवा विभाग लगायतका क्षेत्रमा पनि हड्ताल निषेध गरिएको छ ।डाँक, तार वा टेलिफोन सेवामा हड्ताल गर्न पाइँदैन । यसैगरी जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने सेवामा पनि बन्दहड्ताल निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *