संविधान संशोधनबारे सुझाव लिन असिम शाह नेतृत्वको कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग छलफल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २८, बिहीबार १९:३७

काठमाडौं ।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल सँग संविधान संशोधनसम्बन्धी विषयमा छलफल गरेको छ।


सुझाव संकलन अभियानअन्तर्गत संयोजक शाहसहितको कार्यदल टोली मानभवन स्थित दाहाल निवास पुगेको थियो। सोही अवसरमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा संविधानका विभिन्न पक्ष, संशोधनका सम्भावित क्षेत्र तथा राजनीतिक सहमतिका विषयमा सामूहिक छलफल भएको बताइएको छ।


कार्यदलले संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने क्रममा राजनीतिक नेतृत्व, संविधानविद्, कानुनविद् तथा विभिन्न सरोकारवालाबाट सुझाव संकलन गर्दै आएको छ। प्राप्त सुझावलाई समेटेर कार्यदलले सरकारसमक्ष बहस पत्र पेश गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *