कविता : सरकार फेसबुकमा देखे

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १६, मंगलवार ०४:२२

किरण ढुंगाना

सरकारले मलाम लाएजस्तो मात्रै गरेको हो
बास्तबमा औषधि गरेकै छैन

आज सामाजिक सन्जालमा देखे
बास्तवमा साचो होइन रहेछ !
यथार्थमा मैले सरकार लेखे ?
सरकार सामाजिक संजाल भरी देखे !
न मैले तारुकाघाट्मा देखे ?
न देबिघाट्मा देखे ?


देखे त केबल ढुङेबगरमा एक थान फोटो सहित देखे !!
Face book भरी देखे
उद्दार भै सक्यो
पिडितले राहत पाइसके !
सबैले खाना खाईसके
तर सरकार त्रिसुलि ढुङ्गेमा मात्रै होइन !
रसुवा देखि चितवन सम्म पुगिसक्यो !
देबिघाट्मा लास र सिनो गह्नाइसक्यो !!
रोग ब्याधी को डर भैसक्यो
चोरी र लुट्पाट्ले मुटु कापिसक्यो !!
फेरि हल्ला चल्छ आहा सरकारले क्षेती ग्रस्त जमिन समेत नापिसक्यो !!

गरेको सामान्य हो सरकार
हल्ला मात्रै धेरै हो !!
भन्दा खल्लो लाग्छ होला
चीत्कार रसुवा नुवाकोट को !!
तिम्रा Face book ID हरुमा
कस्ता कस्ता थानका थान पोस्ट भए ?
देखे हाम्रो तिम्रो I D रङगिएको !!
तर सरकार बुझेनउ हाम्रा सपना नाङ्गिएको !!

अझ उदेक लग्यो राहतमा तिम्रो नाम लेखेको !!
छैन सरकार पिडामा स्थलगत मात्रै हो सरकार Face book झै देखेको !!
तिमी दुई शब्द बोले भिडियो आउँछ ,
सबै भैसक्यो कि झै लाउछ!!
तिमी देबिघाट जाउ त सरकार ,
त्याहा सिनोको दुर्गन्ध आउँछ !!
फेरि देख्छु बेत्रावती टिमुरेको अवस्था आँखा मात्रै रसाउछ !!
हरेक किनार किनारमा सिनो को दुर्गन्ध मात्रै आउँछ !!
Face book मा लेखे जस्तो छैन
तिमी सामाजिक संजाल को मात्रै सरकार पनि हैन
तिमिले मलाम लाएजस्तो मात्रै गरेको हो
वास्तविक औषधि गरेकै छैन !!

ढुंगाना विदुर बस्दै आएका छन् भने उनी बाढी र त्यसपछिकाे अवस्थाका विषयका प्रत्यक्षदर्शी हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *