बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा आवश्यक पहल गर्ने सभामुख अर्यालकाे प्रतिबद्धता

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २४, बुधबार ०७:४४


विदुर । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट विदुर नगरपालिकाका विभिन्न वडामा पुगेको क्षति, प्रभावित नागरिकका समस्या तथा राहत, पुनःस्थापना र पुनर्निर्माणका विषयमा महत्वपूर्ण छलफल भएको छ।

मंगलबार भाद्र २३ गते विदुर नगरपालिकाका नगर प्रमुख श्री राजन श्रेष्ठको अध्यक्षतामा तथा सम्माननीय सभामुख श्री डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था, क्षतिग्रस्त भौतिक संरचना, प्रभावित नागरिकका तत्कालीन आवश्यकता, राहत तथा पुनःस्थापनाका कार्य र आगामी दिनमा अवलम्बन गर्नुपर्ने समाधानका उपायबारे सम्बन्धित पदाधिकारीबीच छलफल तथा समन्वय गरिएको थियो।


छलफलमा सभामुख डोल प्रसाद अर्याल,प्रतिनिधि सभा सदस्य बोध नारायण श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रम ठकुरी, विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी तथा प्रभावित वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।


बाढी प्रभावित नागरिकका समस्या समाधान तथा क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि संघ, प्रदेश, स्थानीय तह तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै आवश्यक पहल अघि बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।


विदुर नगरपालिकाले बाढी प्रभावित नागरिकको समस्या समाधानसँगै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *