नुवाकोट । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भोलि नुवाकोट आउने भएका छन्। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै बाढीपीडित नागरिकसँग भेटघाट गर्न देउवा नुवाकोट आउन लागेका हुन्।
नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठका अनुसार देउवाले विदुर, ढुंगे, बेत्रावती, देवीघाट बजारलगायतका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
सो अवसरमा उहाँले बाढीपीडितसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिने बताइएको छ। श्रेष्ठका अनुसार पूर्वसभापति देउवाले बाढी प्रभावितका लागि राहत वितरण गर्ने कार्यक्रमसमेत रहेको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाको रसुवागढी, स्याफ्रु, टिमुरे तथा नुवाकोटको बेत्रावती, त्रिशूली, ढुंगे, देवीघाटलगायतका क्षेत्र प्रभावित भएका छन्। धादिङको बैरेनी र महादेवबेँसी आसपासका बस्तीसमेत बाढीबाट प्रभावित भएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्