नेपाल ग्यासले ताेक्याे सिलिन्डरको मूल्य २ हजार १६५ रुपैयाँ ३८ पैसा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २६, शुक्रबार २१:१२


काठमाडौं । नेपाल ग्यास उद्योग प्रालिले ग्यासको नयाँ बिक्री मूल्य सार्वजनिक गरेको छ। उद्योगले हालको परिस्थितिलाई मध्यनजर गर्दै प्रतिसिलिन्डर ग्यासको मूल्य २ हजार १६५ रुपैयाँ ३८ पैसा कायम गरेको जनाएको छ।


नेपाल ग्यासले सार्वजनिक गरेको सूचनाअनुसार ग्यासको मूल्य २ हजार ६० रुपैयाँ र थप १०५ रुपैयाँ ३८ पैसा गाडी भाडा जोडेर कुल २ हजार १६५ रुपैयाँ ३८ पैसा कायम गरिएको हो।


उद्योगले तोकिएको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको प्रमाण भेटिएमा अधिकृत बिक्रेतासहित खारेजीको कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ।


पछिल्लो समय बाढीपहिरोका कारण सडकमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपर्दा लागत बढेको भन्दै काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाइएको हो।


नेपाल ग्यासले उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी रकम नतिर्न र बढी मूल्यमा बिक्री भएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *