युवा व्यवसायी युवराज पण्डितद्वारा तार्केश्वर–४ का बाढीपीडितलाई एक लाख बराबरको राहत वितरण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २७, शनिबार १०:२४



नुवाकोट । सञ्चारकर्मी तथा पर्यटन व्यवसायी युवराज पण्डितले आफ्नो व्यक्तिगत खर्चमा तार्केश्वर गाउँपालिका–४, दर्शनटारका त्रिशूली बाढी प्रभावित परिवारलाई करिब एक लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन्।

त्रिशूली नदीमा आएको बाढीका कारण दर्शनटार क्षेत्रका घर तथा बस्तीमा ठूलो क्षति पुगेको छ। बाढीपछिकाे पहिराेले कतिपय घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनाएको स्थानीयले बताएका छन्। बाढीका कारण विस्थापित तथा प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले पण्डितले व्यक्तिगत पहलमा राहत वितरण गरेका हुन्।


बाढीले त्रिशूली नदी वारपार गर्न प्रयोग हुँदै आएका पक्की तथा झोलुङ्गे पुलसमेत बगाएपछि स्थानीयको आवतजावत थप कठिन बनेको छ। पुलमा क्षति पुगेसँगै दैनिक उपभोग्य वस्तुको ओसारपसार, आवतजावत तथा अन्य अत्यावश्यक सेवासमेत प्रभावित भएका छन्।


बाढीबाट प्रभावित परिवारको कठिन परिस्थितिमा स्थानीयस्तरबाट गरिएको राहत सहयोगले केही हदसम्म राहत पुग्ने अपेक्षा गरिएको छ। प्रभावित क्षेत्रको पुनःस्थापना तथा आवागमन सहज बनाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीयको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *