|
२०८३ भाद्र २७, शनिबार १५:४१
काठमाडौं । नेपाली कांग्रेसले आसन्न महाधिवेशनको तयारी तथा पार्टीभित्र देखिएको विवाद समाधानका लागि आइतबार आकस्मिक रूपमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै सातै प्रदेशका सभापतिलाई समेत आमन्त्रण गरिएको छ। बैठकमा आसन्न महाधिवेशनको तयारी, पार्टीभित्रको आन्तरिक विवाद तथा विभिन्न पक्षबीच सहमति जुटाउने विषयमा छलफल हुने बताइएको छ।
महाधिवेशनको तयारीलाई लिएर कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच लामो समयदेखि मतभेद रहँदै आएको छ। पछिल्लो समय भने पार्टीभित्र देखिएका असहमति र विवादलाई संवाद तथा सहमतिमार्फत समाधान गर्ने प्रयास भइरहेको छ।
आइतबारको बैठकलाई पार्टीभित्रको विवाद समाधान गर्दै महाधिवेशनलाई सहज र एकताबद्ध रूपमा अघि बढाउने दिशामा महत्वपूर्ण मानिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्