भोटेकोशी बाढीपछि त्रिभुवन त्रिशूली माविलाई एनआरएनए अस्ट्रेलियाको आईसीटी सामग्री सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २७, शनिबार १५:४८

नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले आईसीटी सामग्री सहयोग गरेको छ।

बाढीका कारण विद्यालयको भौतिक संरचनामा क्षति पुग्नुका साथै नियमित पठनपाठनसमेत प्रभावित भएको अवस्थामा एनआरएनए अस्ट्रेलियाले आवश्यक आईसीटी उपकरण उपलब्ध गराएको विद्यालयले जनाएको छ।


विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले एनआरएनए अस्ट्रेलियाको सहयोगप्रति विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन्। उनले विपद्को कठिन समयमा प्राप्त सहयोगले विद्यालयमा आधुनिक प्रविधिमैत्री शिक्षण सिकाइलाई निरन्तरता दिन महत्वपूर्ण योगदान पुगेको बताएका छन्।


दवाडीका अनुसार आईसीटी सामग्री सहयोगले बाढीबाट सिर्जित कठिन परिस्थितिका बाबजुद विद्यार्थीलाई डिजिटल साक्षरताबाट पछाडि पर्न नदिने वातावरण निर्माण भएको छ।


नेपाल बाहिर रहेर पनि मातृभूमिको शिक्षा क्षेत्रमा देखाएको नेपाली डायस्पोराको ऐक्यबद्धता र सहयोगप्रति विद्यालय समुदायले प्रशंसा गरेको छ। प्रधानाध्यापक दवाडीले एनआरएनए अस्ट्रेलियाको नेतृत्व, सद्भाव र प्रभावकारी सहयोगका लागि धन्यवाद दिँदै आगामी सामाजिक तथा सामुदायिक अभियानको सफलताको शुभकामना दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *