|
२०८३ भाद्र २८, आईतवार १९:४६
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले आफ्नो केन्द्रीय सदस्यको हैसियत कायमै पाउने भएका छन्।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका भए पनि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत प्रदान गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयसँगै विशेष महाधिवेशनमा सहभागी नभएका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको राजनीतिक तथा सांगठनिक हैसियतबारे देखिएको अन्योल हटेको कांग्रेसले जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्