कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार शुल्क, अरू पदमा कति ?

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३०, मंगलवार १६:०८

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन निर्देशिका सार्वजनिक गरेको छ। निर्देशिकामा पार्टीका विभिन्न तहका पदमा उम्मेदवारी दिने व्यक्तिले बुझाउनुपर्ने शुल्कसमेत निर्धारण गरिएको छ।
निर्देशिकाअनुसार कांग्रेसको केन्द्रीय सभापतिमा उम्मेदवारी दर्ता गराउँदा ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। सभापति पदका उम्मेदवारले १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था पनि गरिएको छ।


त्यस्तै, उपसभापति र महामन्त्री पदका उम्मेदवारका लागि ३० हजार रुपैयाँ शुल्क तोकिएको छ। सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेसले प्रदेश सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र प्रदेश सदस्यका लागि पाँच हजार उम्मेदवार शुल्क तोकेको छ।

कुन तहको उम्मेदवारलाई कति शुल्क ?

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *