बाढीपहिरो प्रभावितका लागि विनायक अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ६६ हजार सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३१, बुधबार ०८:०५


काठमाडौं । राजधानीको गोँगबुस्थित विनायक अस्पतालले भोटेकोसी बाढीपहिरोलगायत प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेको छ।


अस्पताल परिवारले विपद्को समयमा राज्य र नागरिकसँगै उभिने सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको कार्यकारी अध्यक्ष केपी लामिछानेले जानकारी दिनुभयो ।


विनायक अस्पतालले २०६२/६३ सालको जनआन्दोलन, भूकम्प, कोरोना महामारी, २०८२ भदौ २३/२४ गतेको जेनजी आन्दोलन तथा विभिन्न प्राकृतिक विपत्तिका क्रममा बिरामी तथा पीडितलाई निःशुल्क उपचार र सहयोग गर्दै आएको जनाएको छ।


अस्पतालले आर्थिक अवस्था कमजोर भएका, असहाय, गरिब तथा विपन्न परिवारका नागरिकलाई सहुलियत तथा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताएको छ।


अस्पताल परिवारले आगामी दिनमा पनि विपद् तथा संकटका बेला सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।


‘संकटमा राज्यसँगै, दुःखमा जनतासँगै’ भन्ने भावनाका साथ विनायक अस्पताल मानवसेवामा समर्पित रहेको अस्पतालको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *