विपत्तिमा शिवपुरीका थापा परिवारको साथ : राहत कोषमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३१, बुधबार १३:३९

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ लिपीकोट बस्दै आउनुभएका बद्रीबहादुर थापा तथा उहाँको परिवारले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ।


थापा परिवारले प्रधानमन्त्री देवीप्रकाेप राहत तथा उद्धार कोषमा उक्त रकम सहयोग गर्नुभएको हो। विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुँदै सामाजिक अभियानमा सक्रिय रहँदै आउनुभएका थापाले आफ्नो जिल्लामा आइपरेको महाविपत्तिमा पीडित नागरिकको साथमा उभिने उद्देश्यले सहयोग रकम प्रदान गर्नुभएको बताइएको छ।


भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा थापा परिवारले राहत तथा उद्धार अभियानमा हातेमालो गर्दै आर्थिक सहयोग गरेको हो।


थापा परिवारको यस सहयोगले विपद्बारा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसअघि थापा अध्यक्ष रहेको भक्ति इन्टरनेसनल एकेडेमीले राहत तथा उद्धार कोषमा २ लाख ४३ हजार रुपैयाँ सहयोग गरिसकेको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *