चिलिमेको सुरुङमा तीनजनाको शव भेटियो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३१, बुधबार १५:२१

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटिएको छ । 

बुधबार दिउँसो खोज तथा उद्धार टोलीले शव भेटाएको हो । फेला परेका शवको पहिचान हुन बाँकी रहेकाे स्रोतले जानकारी दियो । 

भदौ १० मा रसुवाको भोटेकोसी नदीमा आएको बाढीले चिलिमेसहितका जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । आयोजनाका कामदार तथा कर्मचारी बाढीमा परेर बेपत्ता छन् ।

सुरुङभित्र रहेको आशंकामा नेपाली सेनासहितको टोलीले खोजी गरिरहेको थियाे । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *