विदुर नगर कांग्रेस सभापतिमा सुजन गजुरेल निर्वाचित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १४, बुधबार ०७:२१



नुवाकोट, असोज १३ । नेपाली कांग्रेस विदुर नगर कार्यसमितिको अधिवेशनबाट सुजन गजुरेल सभापतिमा निर्वाचित भएका छन्।

मंगलबार सम्पन्न निर्वाचनको मतगणनापछि विभिन्न पदको अन्तिम परिणाम सार्वजनिक गरिएको हो।


सभापति पदमा गजुरेलले २३१ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी बद्रीप्रसाद रिमालले २१२ मत प्राप्त गरे।


उपसभापति (महिला) पदमा ज्ञानु थापा २१८ मतसहित निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी रोजिना निशा चित्रकारले २११ मत प्राप्त गरिन्। उपसभापति (खुला) पदमा रविन्द्र रिजाल २४२ मतसहित निर्वाचित हुँदा केदारप्रसाद रिजालले १७० मत पाए।


त्यस्तै, सचिव पदमा राजकुमार अधिकारी २१४ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी लोकनाथ रिसाल (लोकेश) ले २०७ मत प्राप्त गरे। सहसचिव पदमा कविन्द्र अधिकारी २३१ मतसहित निर्वाचित हुँदा महेन्द्रबहादुर प्याकुरेलले १७० मत प्राप्त गरे।


खुला सदस्य (वडा नं. १३) तर्फ मानबहादुर तामाङले १८५ र वीरबहादुर तामाङले १७८ मत प्राप्त गरी निर्वाचित भएका छन्।
दलित सदस्य (एक जना) पदमा अनन्त मिजार १४९ मतसहित निर्वाचित भए। सो पदका उम्मेदवार नागेन्द्र मिजारले ११७ र राजेन्द्र विकले १११ मत प्राप्त गरे।


अधिवेशनका अन्य विधाका सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन शान्तिपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ। निर्वाचित नयाँ नेतृत्वले आगामी कार्यकालमा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *