महाधिवेशनसँगै देउवा कांग्रेसमा प्रवेश गर्ने थपिए

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १४, बुधबार १४:३१

कांग्रेसमा आज दुई जना प्रवेश, १५औँ महाधिवेशनमा सहभागी हुने
नुवाकोट । नेपाली कांग्रेसकाे विचार प्रति सहमति जनाउँदै पञ्चाकन्या २ सिर्जना बर्देवा र विदुर ४ कि सन्ताेषी ओझा कांग्रेस प्रवेश गरेका छन्।

उनीहरूलाई नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिका संयोजक श्रीराम श्रेष्ठले पार्टी सदस्यता प्रदान गर्दै खादा लगाएर स्वागत गरेका छन् ।


पार्टी प्रवेश कार्यक्रममा युवा नेता प्रकाश ढुंगाना, क्षेत्रीय सचिव ध्रुव ढकाल तथा महिला नेतृ पवित्रा ओझाको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश गर्ने दुवै जनाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने तथा आगामी दिनमा पार्टीको संगठन निर्माण र गतिविधिमा सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।


कार्यक्रममा संयोजक श्रेष्ठले नवप्रवेशीलाई कांग्रेसको सदस्यता प्रदान गर्दै पार्टीको नीति, विचार र संगठनात्मक गतिविधिमा सक्रिय सहभागिताका लागि शुभकामना दिएका थिए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असाेज १५ गते वडा अधिवेशन हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *