मध्यदसैँमै बेलकोटगढी–३ मा कांग्रेस नियमित महाधिवेशन पक्षधरकाे वडा अधिवेशन सम्पन्न , सुमन अधिकारी सभापतिमा सर्वसम्मत

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ४, मंगलवार १४:२०

नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले बेलकोटगढी नगरपालिका–३ मा वडा अधिवेशन सम्पन्न गरेको छ। मध्यदसैँको समयमा समेत अधिवेशन आयोजना गरिएको हो।


नेपाली कांग्रेस बागमती प्रदेश सदस्य बद्रीप्रसाद मुडबरीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले युवाको उल्लेख्य सहभागितासहित वडा कार्यसमिति सर्वसम्मत चयन गरेको जनाइएको छ।


अधिवेशनबाट सुमन अधिकारी (बाबु) सभापतिमा चयन भएका छन्। त्यस्तै उपसभापतिमा श्यामकृष्ण पुनेरू, सचिवमा शंकर बयलकोटी र सहसचिवमा सन्तोष बजगाईँ चयन भएका छन्।
अधिवेशनले १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन गरेको छ। क्षेत्रीय प्रतिनिधिमा बद्रीप्रसाद मुडबरी, पूर्ण गजुरेल, देवचन्द्र अधिकारी (खुला), रामबहादुर तामाङ, अर्जुन मुडबरी, सविता मिजार सार्की, प्रेम बयलकोटी र शित्तल भट्ट (नवयुवा) चयन भएका छन्।


नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनहरू सञ्चालन भइरहेका छन्। कांग्रेसको आन्तरिक संगठनात्मक प्रक्रियाअन्तर्गत वडा तहदेखि माथिल्ला तहसम्मका अधिवेशनमार्फत नयाँ नेतृत्व तथा प्रतिनिधि चयन गर्ने क्रम जारी रहेको छ।


बेलकोटगढी–३ को अधिवेशनमा पनि युवाहरूको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिइएको सहभागीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *