|
२०८३ कार्तिक १२, बिहीबार १८:०१
विदुर । नेपाली कांग्रेसको नियमित महाधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नं. २ को ‘क’ प्रदेश सभा क्षेत्रीय अधिवेशन बिहीबार जिल्ला सदरमुकाम विदुर–बट्टारमा सम्पन्न भएको छ।
अधिवेशनबाट ‘क’ प्रदेश सभा क्षेत्रीय सभापतिमा पूर्णप्रसाद गजुरेल सर्वसम्मत निर्वाचित भएका छन्।
यस्तै, उपसभापतिमा जितबहादुर तामाङ र उत्सव अर्याल, सचिवमा माधव भट्ट र गणेश गजुरेल तथा सहसचिवमा सिताराम पौडेल सर्वसम्मत चयन भएका छन्।
निर्वाचन समितिका संयोजक आरसी ढुंगेलका अनुसार अधिवेशनमा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेसले बिहीबार नुवाकोट क्षेत्र नं. २ को ‘क’ प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न गरेको हो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्