काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा सामाजिक सञ्जालमा फैलिएका सूचनाप्रति आपत्ति जनाएको छ।
प्रहरीले त्यस्ता समाचार तथा सूचनाहरू अपुष्ट र भ्रामक रहेको भन्दै नागरिकलाई भ्रममा नपर्न आग्रह गरेको छ। यस्ता गलत सूचनाले नागरिकमा अनावश्यक भ्रम सिर्जना गर्नुका साथै सुरक्षा संवेदनशीलतामा समेत असर पार्न सक्ने प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले कुनै पनि सूचना वा समाचारमा विश्वास गर्नुअघि आधिकारिक स्रोतबाट तथ्य पुष्टि गर्न आग्रह गरेको छ। साथै, भ्रम फैलाउने तथा गलत सूचना सम्प्रेषण गर्ने कार्य कानुनी दायरामा पर्ने चेतावनीसमेत प्रहरीले दिएको छ।
प्रहरीले सत्य, तथ्यपरक र विश्वसनीय सूचनालाई मात्र आधार बनाउन आग्रह गर्दै अपुष्ट समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीको पछि नलाग्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्