|
२०८३ कार्तिक १४, शनिबार २१:५९
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठुलो कोही पनि नभएको बताएका छन्।
पत्रकारहरूमाथि भएको धरपकडका विषयमा सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै लामिछानेले संविधान र लोकतन्त्रमा आँच आउनु हुँदैन भन्ने कुरामा आफू स्पष्ट रहेको बताए। सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गरिएको विषयमा अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सचिवालय बैठकले स्पष्ट निर्देशन दिइसकेको उनले उल्लेख गरे।
लामिछानेले यस्तो कार्य गर्ने जोसुकै भए पनि कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्