नुवाकोट । सुरक्षित मातृत्व सेवा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले जिल्लाका तीनवटा स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति केन्द्रलाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ।
रेडक्रसले विदुर नगरपालिका–२ स्थित नुवाकोट स्वास्थ्य चौकी, विदुर नगरपालिका–३ स्थित खड्कभञ्ज्याङ स्वास्थ्य चौकी र बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटे स्वास्थ्य चौकीका प्रसूति केन्द्रलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
हस्तान्तरण गरिएका सामग्रीमा डेलिभरी सेट, अटोक्लेभ मेसिन, प्रसूति टेबल, रेडियन्ट वार्मर, अम्बु ब्याग, फिटल डप्लर, सक्सन मेसिन, डिजिटल तौल मेसिन, रक्तचाप मापन उपकरणलगायत प्रसूति सेवाका लागि आवश्यक विभिन्न स्वास्थ्य उपकरण रहेका छन्।
उपलब्ध गराइएका सामग्रीले गर्भवती तथा सुत्केरी महिलालाई सुरक्षित र गुणस्तरीय प्रसूति सेवा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, नवजात शिशुको प्रारम्भिक स्वास्थ्य हेरचाहलाई थप प्रभावकारी बनाउनसमेत यी उपकरण उपयोगी हुने विश्वास गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्