


भक्तपुर, असार २२ । कोरियाली जनतास“गको ऐक्यबद्धता समिति, नेपालको आयोजनामा विश्व कम्युनिस्ट आन्दोलनका योद्धा तथा प्रजग कोरियाका महान् नेता कामरेड किम इल सङको ३० औ“ स्मृति दिवसका अवसरमा ‘स्मृतिमा किम इल सङ’ पुस्तक सार्वजनिकीकरण तथा प्रवचन कार्यक्रम शुक्रबार सम्पन्न भयो । उक्त कार्यक्रमका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले भन्नुभयो – “प्रजग कोरियामा कामरेड किम इल सङको उत्तराधिकारी किम जङ इल र कामरेड किम जङ उन क्रान्तिका उत्तराधिकारी हुनुहुन्छ, उहा“हरू छोरा र नातीको नातामा उत्तराधिकारी हुनुभएका होइनन् । क्युवामा क्यास्त्रोका भाइ राहुल क्यास्त्रो पनि क्रान्तिका उत्तराधिकारी हुनुहुन्थ्यो ।”
उहा“ले उल्लेख गर्नुभयो– “सोभियत सङ्घमा नेता स्तालिनलाई भेट्न समेत नदिई किरोभको हत्या गरिएको थियो । नेता स्तालिनलाई पनि मन्द वीष खुवाएर हत्या गरियो । पार्टीभित्र शत्रुहरू घुसपैठ हुनेबारे सचेत हुनु जरुरी छ । देखिनेभन्दा नदेखिने शत्रुदेखि होसियार हुनु आवश्यक छ । कम्युनिस्टको लुगामा कै“ची प्रयोग गर्नेदेखि सतर्क हुनु आवश्यक छ ।”
प्रतिकृयावादीहरूले कुटील राजनीति प्रयोग गर्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले भन्नुभयो – “प्रतिकृयावादीहरूले एउटाले मार्ने अर्कोलाई दोष दिने गर्छन् । रुसमा किरोभको हत्यामा स्तालिनलाई दोष दिइएको थियो ।”
अध्यक्ष बिजुक्छे“ले कामदार वर्गको पार्टीका कार्यकर्ताहरूमा जीउभरि आ“खा हुनु पर्ने उल्लेख गर्दै शत्रुले एक आपसमा भिडाउनेतर्फ पनि कार्यकर्ता सचेत हुनु जरुरी रहेको बताउनुभयो । उहा“ले थप्नुभयो– “पार्टीभित्र आलोचना र आत्मालोचना हुनु पर्दछ । जनताको आ“खा दूरवीनसरह हुन्छ । राम्रो कामको प्रचार गर्नु पर्दैन ।”
अध्यक्ष बिजुक्छे“ले पार्टी कार्यकर्ताहरूले पु“जीवादी विचार त्यागेर पार्टीमा आफू कहा“ छु, भन्दा पनि आफूले पार्टीलाई के योगदान गरे“ भन्नेतर्फ सोच्नु जरुरी रहेको बताउनुभयो ।उहाले भन्नुभयो– “अरूको भरमा क्रान्ति सम्पन्न हु“दैन । कोरिया युद्ध (सन् १९५०–५३) मा तत्कालीन सोभियत सङ्घले समयमा हतियार नपठाउ“दा पूरै कोरिया मुक्त भएन । प्रजग कोरियाले देशको सार्वभौमिकता रक्षा गर्न अहिले हातहतियार उत्पादन गरेको हो ।अध्यक्ष बिजुक्छे“ले उल्लेख गर्नुभयो– “नेकाले सुरुमा प्रत्येक निर्वाचन क्षेत्रबाट २–२ सय नेपाली युवालाई वैदेशिक रोजगारीमा पठायो । त्यसपछि सरकारमा गएकाहरूले अहिलेसम्म ८० लाख नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाए । आज यहा“को खेतबारी बा“झो छ, खाद्यान्न भारतबाट खरिद भइरहेको छ । यसकारण नेकाका नेताहरू को को देशघाती हुन् जनताले चिन्नु जरुरी छ ।
उहा“ले स्पष्ट पार्नुभयो– “चीनस“ग अनुदानमात्र लिने र विश्व बैङ्क, एशियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषस“ग ऋण लिने सरकारहरू अमेरिकी साम्राज्यवादका दलाल हुन् । अमेरिकी साम्राज्यवादले हातहतियार उत्पादन गरी सबैतिर विक्री गर्दै लडाइरहेको छ ।”
अध्यक्ष बिजुक्छे“ले भन्नुभयो– “नेका सरकारले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल तथा वीरगञ्जमा सुख्खा बन्दरगाह बनाउने र भारतको वाणिज्य दूतावास राख्ने प्रस्ताव ल्याएको थियो । यसको नेपाल मजदुर किसान पार्टीले तत्काल विरोध गरेको थियो । सञ्चालनमा नआउने ती दुबै विमानस्थल किन बनाइयो ? लडाइ“मा सबैभन्दा पहिला विमानस्थल कब्जा गरिन्छ । काठमाडौ“–बारा द्रुतमार्ग देश भारतको कब्जामा सजिलै जाने हो ।“मन्त्रालयका मुख्य मुख्य मानिस र भूमाफियाहरूले जग्गा किनिसकेपछि सरकारले काठमाडौ“ उपत्यकाको बाहिरी चक्रपथ निर्माणमा चीनलाई लगानी गराउने तयारी गर्दैछ । बाहिरी चक्रपथको बजेटले देशको पछाडि पारिएको जिल्लामा विकास गर्नु आवश्यक छ” उहा“ले भन्नभयो ।
अध्यक्ष बिजुक्छे“ले थप्नुभयो– “नेकाका कतिपय प्राध्यापकहरू नेपाली विद्यार्थीहरूलाई चीनमा पढ्न पठाउने दलाल काममा लागेका छन् । कोभिड–१९ को बेला चीनबाट नेपाली बिद्यार्थी फर्काउन यहा“को सरकारलाई दबाब दिने पनि उनीहरू नै हुन् । चीनमा कोभिड–१९ फैलाउने अमेरिकी सरकार नै हो ।”
“शिक्षक प्राध्यापकहरूले कामरेड किम इल सङको समाजवादी शिक्षासम्बन्धि कृति अध्ययन गर्नु जरुरी छ । पाठ्यपुस्तक बाहेक अन्य सन्दर्भ र उपयोगी पुस्तक नपढ्ने शिक्षक, प्राध्यापक र बुद्धिजीवीबाट नया“ पुस्तालाई धोका भइरहेको छ” उहा“ले भन्नुभयो ।अध्यक्ष बिजुक्छे“ले भन्नुभयो– “सोभियत सङ्घ विघटनपछि प्योङयाङ घोषणापत्रले संसारका मजदुर, कम्युनिस्ट र साम्राज्यवादविरोधी पार्टीहरूलाई एक ठाउ“मा ल्याएको हो ।”
“कोरिया युद्धमा चीनका अध्यक्ष माओ त्सेतुङका छोरासमेतको मृत्यु भयो । सोभियत सङ्घका तत्कालीन संशोधनवादी नेता खुश्चेभ जर्मनीमा बन्दी बनाइएका आफ्ना छोरालाई छुटकारा गराउनेतर्फ लागेका थिए” उहा“ले उल्लेख गर्नुभयो ।
“प्रजग कोरियामा अमेरिकी सरकारस“ग युद्धविराममात्र भएको हो, फेरि युद्ध हुन सक्ने सम्भावना छ” उहा“ले थप्नुभयो ।
“नेपालमा जनताको प्रजातन्त्र ल्याउन बा“की छ” अध्यक्ष बिजुक्छे“को स्पष्टोक्ति हो ।कार्यक्रममा कोरियाली जनतास“गको ऐक्यवद्धता समिति, नेपालका अध्यक्ष प्रेम सुवालले भन्नुभयो – “कामरेड किम इल सङबाट संसारका न्यायपे्रमी जनताले देशभक्तिको भावना, कलिलै उमेरमा क्रान्तिमा लाग्ने, देश र जनताको निम्ति अविराम सङ्घर्ष गर्ने शिक्षा लिन सक्ने छन् ।”
उहा“ले कामरेड किम इल सङको सफलता प्रजग कोरिया र संसारका न्यायप्रेमी जनताको इतिहासमा स्वर्ण अक्षरमा लेखिने उल्लेख गर्नुभयो ।
स्रष्टा समाज, नेपालका अध्यक्ष लक्ष्मण जोशीले सन् १९५०–५३ को कोरिया युद्धदेखि कोरियाली प्रायःद्वीपमा युद्धको कालो बादल मडारिरहेको र अमेरिकी नाकाबन्दीले प्रजग कोरियालाई निकै सकसमा पारिरह“दा पनि आफ्नो लक्ष्य र उद्देश्यमा कोरियाली मजदुर पार्टी, सरकार र जनता रत्तिभर विचलित नभएको चर्चा गर्नुभयो ।
प्राध्यापक समाज नेपालका अध्यक्ष सरोजराज गोसाईले कामरेड किम इल सङको जुछे विचारधारा र समाजवादी शिक्षाले देशलाई आत्मनिर्भर र नया“ पुस्तालाई सुस“स्कृत बनाउने उल्लेख गर्नुहु“दै विद्यार्थीलाई देशको इतिहास, भूगोल, संस्कृति र प्रकृति चिनाउनु जरुरी रहेको बताउनुभयो ।अतिथि गोसाईले विद्यालय र विश्वविद्यालयले क्रान्तिकारी उत्तराधिकारी तयार गर्नुपर्ने आवश्यकता औ“ल्याउनुहु“दै शिक्षक र प्राध्यापकहरूले किसान र मजदुरबाट समेत सिकेर युवा पुस्तालाई क्रान्तिकारी बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।नेपाल क्रान्तिकारी महिला सङ्घका अध्यक्ष अनुराधा थापामगरले कामरेड किम इल सङका जीवन साथी किम जङ सुक युद्ध मैदानमा सेनास“ग लड्ने, अन्य कामरेडहरूको हेरचाहमा खट्ने तर चर्चामा आउन नचाहने वीरङ्गना भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्का अध्यक्ष मिनबहादुर बाटाले कोरियाको संक्षिप्त परिचय, क्रान्ति अघि र पछिको कोरियाको अवस्थाबारे चर्चा गर्नुभयो ।प्रमुख अतिथि बिजुक्छे“ले कामरेड किम इल सङको ३० औ“ स्मृति दिवसमा कोरियाली जनतास“गको ऐक्यवद्धता समिति नेपालद्वारा प्रकाशित ‘स्मृतिमा किम इल सङ’ पुस्तक सार्वजनिकीकरण गर्नुभएको थियो ।
उक्त पुस्तकमा मुख्य गरी अध्यक्ष बिजुक्छे“को प्रजग कोरिया भ्रमणमा कामरेड किम इल सङ र कामरेड रि इन मोस“गको भेटका संस्मरण र कोरियाली केन्द्रीय समाचार संस्थास“गको अन्तर्वार्ता प्रकाशित छ ।कामरेड किम इल सङको देहावसान २०५१ साल असार २४ गते विहान २ बजे प्रजग कोरियाको राजधानी प्योङयाङमा भएको थियो । उहा“को जन्म कोरियाको म्याङयोङदेमा सन् १९१२ अप्रिल १५ मा भएको थियो ।