

६ साउन, हेटौंडा । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कटेलले आज आइतबार राजीनामा दिएसँगै शर्माले नयाँ सरकार गठनका लागि आह्रवान गर्नुभएको हो ।
उहाँले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गर्नुभएको हो । आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका बुझाउनु भएको थियो । नेपाली कांग्रेस र एालेले विश्वासको मतको विपक्षमा मतदान दिने निर्णय लिएसँगै मुख्यमन्त्रीले राजीनामा बुझाउनु भएको थियो ।
नेपाली कांग्रेस र एमाले गठबन्धनले बागमतीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भैसकेको छ । सो अनुसार कांग्रेसले प्रदेशसभा संसदीय दलको बैठकले नेता बहादुरसिंह लामालाई मुख्यमन्त्रीमा प्स्ताव गरेको छ ।