एन आई सी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १८, सोमबार १८:००

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज जेठ १८ गते सोमबारका दिन काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भई सभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको बैकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अभिकारी जयन्द्र रावलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम गरेको साधारण शेयरको चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न सभाले स्वीकृति प्रदान गर्नुको साथै अन्य विभिन्न प्रस्तावहरु पारित गरेको छ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अशोक कुमार अग्रवाल , रामचन्द्र संघर्इ जयन्त कुमार अग्रवाल र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट आदित्य कुमार अग्रवाल , श्री केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *