रसुवाबाट ५८ ग्राम गाजा र ट्रामाडोल क्याप्सुल सहित एक जना पक्राउ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २०, बुधबार २०:१२


रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवाले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका–२ का २४ वर्षीय दिनेश तामाङलाई लागुऔषधसहित पक्राउ गरिएको हो।


प्रहरी चौकी डाँडागाउँबाट खटिएको प्रहरी टोलीले प्राप्त सूचनाका आधारमा दिनेश तामाङको घरमा खानतलासी गर्दा कोठाभित्र रहेको झोलाबाट ५८ ग्राम गाँजाजस्तो देखिने पदार्थ र ट्रामाडोल ७७ क्याप्सुल फेला पारेको थियो।


प्रहरीले बरामद लागुऔषधसहित तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ। यस सम्बन्धमा रसुवा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *