नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा पसलको झ्यालको ग्रिल फुटाएर चोरी भएको छ। गएराति भएको चोरीमा नगद तथा जिन्सी सामान गरी करिब १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
छहरे बजारमा ज्ञानबहादुर डंगोलले सञ्चालन गर्दै आएको पसललाई निशाना बनाएर चोरले झ्यालको ग्रिल फुटाई पसलभित्र प्रवेश गरेको प्रारम्भिक विवरण छ। चोरले पसलबाट चुरोट, नगदलगायत विभिन्न सामान चोरी गरेको बताइएको छ।
बजार क्षेत्रमै रहेको पसलमा ग्रिल फुटाएर चोरी भएपछि स्थानीय व्यवसायीहरूमा त्रास र चिन्ता बढेको छ। व्यापारिक केन्द्रमै पसल सुरक्षित नरहेको भन्दै व्यवसायीहरूले रातिको समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने माग गरेका छन्।
पसलमा भएको चोरीबाट आर्थिक क्षति व्यहोर्नुपरेपछि व्यवसायीहरू थप चिन्तित बनेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान तथा चोरी भएका सामानको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्