भोटेकोशी बाढी प्रभावित २,१६४ परिवारलाई रेडक्रसको १५ हजार नगद सहायता

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ६, बिहीबार १८:०१

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका २ हजार १ सय ६४ परिवारलाई बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराएको छ।

रेडक्रसले प्रभावित परिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले नगद सहायता प्रदान गरेको जनाएको छ। बाढीबाट प्रभावित रसुवाको उत्तरगया, नुवाकोटको विदुर तथा धादिङका गल्छी र गजुरी गाउँपालिकाका प्रभावित परिवारलाई उक्त सहायता रकम प्रदान गरिएको हो।

रेडक्रस सोसाइटीले विपद्बाट प्रभावित थप परिवारलाई समेत सहयोग गर्ने उद्देश्यले कुल ५ हजार परिवारलाई बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराउने योजना बनाएको जनाएको छ।

बहुउद्देश्यीय नगद सहायता (Multipurpose Cash Assistance–MPC) विपद् तथा संकटका समयमा प्रभावित परिवारलाई उनीहरूको तत्कालीन तथा आधारभूत आवश्यकता पूरा गर्न प्रदान गरिने मानवीय सहायता हो।

यस कार्यक्रमअन्तर्गत प्रभावित परिवारलाई निश्चित रकम नगद रूपमा उपलब्ध गराइन्छ। प्राप्त रकमबाट परिवारहरूले आफ्नो प्राथमिकताअनुसार खाद्यान्न, कपडा, औषधि, आवासलगायत आवश्यक सामग्री खरिद गर्न सक्नेछन्।

रेडक्रसका अनुसार नगद सहायताले प्रभावित परिवारलाई राहत सामग्रीको निश्चित सूचीमा निर्भर हुनुभन्दा आफ्नो तत्काल आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने सुविधा प्रदान गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *