Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

दीगो पर्यटनका लाागि फोटोग्राफी अभिमुखिकरण कार्यक्रम सम्पन्न

नुवाकोट पुकार २४ श्रावण २०८१, बिहीबार १९:३६

साउन २३ काठमाण्डौ । पर्यटन तथा पर्यटन फोटोग्राफीका बारेका जनचेतना अभिवृद्धि गर्दै शैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिने उद्देश्यकासाथ राष्ट्रिय दीगो पर्यटन क्लबका विद्यार्थीका लाागि एक दिने पर्यटन फोटोग्राफी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित जीविकोपार्जनका पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना ,एसटीएलआरपी, को आयोजना तथा द ग्लोवल ट्रावल एण्ड टुरिजम पार्टनरसीप ,जीटीटीपी, मा आवद्ध टुरिजम रिसर्च एण्ड टे्रनिङ इन्टिच्युट ,टीआरटीआई, को सहकार्यमा पर्यटन फोटोग्राफी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा काठमाण्डौं उपत्यकाका विभिन्न १० वटा विद्यालयका ७० जना विद्यार्थीको सहभागिता रहेको थियो ।


अभिमुखिकरण कार्यक्रममा नेशनल स्कुल अफ फोटोग्राफीका सञ्चालक तथा वरिष्ठ फोटो पत्रकार मधुसुदन थापाले फोटोग्राफीका सैद्धान्तिक तथा व्यावहारिक विषयवस्तुका बारेमा आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा उपप्राध्यापक तथा नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी।पी। भुसालले नेपालको पर्यटन, यसको महत्व, पर्यटन प्रर्वद्धनमा विद्यार्थीको भूमिका तथा फाटोग्राफीको आचारसंहिताबारे अभिमुखिकरण दिनुभएको थियो ।


यस्तै राष्ट्रिय फोटो पत्रकार समूहका सदस्य तथा फोटोपत्रकार प्रदीप श्रेष्ठले फोटोग्राफीमा क्यामेरा तथा मोवाईल फोटोग्राफीका बारेमा अभिमुखिकरण गर्नुभएको थियो ।

कार्यक्रममा ,जीटीटीपी, का कन्ट्री म्यानेजर तथा ,टीआरटीआई, का पे्रसिडेन्ट मदनकुमार बरालले ,टीआरटीआई, ले देशका विभिन्न जिल्लाका ७० वटा विद्यालयहरुमा राष्ट्रिय दीगो पर्यटन क्लब स्थापना गरि विद्यायलस्तर देखि नै बालबालिकामा पर्यटनसंग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

टीआरटीआई का कार्यक्रम निर्देशक सरोजप्रसाद पोखरेल, तथा कार्यक्रम संयोजक लक्ष्मीप्रसाद बुढाथोकीले पर्यटनका लागि फाटो महत्वपूणर् विषय भएको उल्लेख गर्दै विद्यार्थीलाई यसको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिन सके विद्यार्थीमा पर्यटन प्रतिको अभिरुची बढने र पर्यटकीय पूर्वाधारको संरक्षण तथा प्रर्वद्धनमा सहयोग पुग्ने उद्देश्यले यो अभिमुखिकरण आयोजना गरिएको जानकारी दिनुभयो ।एसटीएलआरपीले टीआरटीआईसंगको सहकार्यमा देशभर राष्ट्रिय दीगो पर्यटन क्लबका क्लब खोल्न सहयोग गर्दै आइरहेको परियोजनाले जानकार दिएको छ ।

Continue Reading

Previous: नुवाकोट प्रहरीले गर्यो भन्सार छलिका सामान बरामद
Next: आज नागपञ्चमी, घर-घरमा नागको पूजा गरिँदै

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७
बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार