
युगनाथ शर्मा पौडेल, लेखक, वरिष्ठ पत्रकार तथा कमाण्डर दैनिक तथा असन बजार साप्ताहिकका प्रधान सम्पादन हुनुहुन्छ ।

लेखक, वरिष्ठ पत्रकार एवं कमाण्डर दैनिक तथा असन बजार साप्ताहिकका प्रधान सम्पादन हुनुहुन्छ ।
जसले हिजो यो देश जन्मायो त्यसको शालिकमा आजको बगलादेशी युवा सोसल मिडियामा लाईभ गर्दै पिसाब गरिरहेको छ र यो दृश्य बिश्वले हेरिरहेको छ । यो हेरेपछि इतिहास र वर्तमानको समीक्षा गर्ने बेला भएको छ सबैलाई । धेरै उत्तेजनामा आएर होइन जिम्मेबारीको साथमा समीक्षा गरौ हामी कुन बाटोमा जादैछौ ।
चिन्ता रोगी मरेकोमा होइन ,अब काल पल्किएकोमा हुनुपर्छ ।अबको कहिले त्यसको मुखमा पर्छ भन्ने मात्रै हो । अरु चन्द्रमामा शहर बसाउने बहसमा छन हामी बहादुरीको साथमा इतिहासको महान आत्मा शहीदहरुको तस्बिरमा पिसाब गरिरहेका छौ । गल्ती शेख हसिनाबाट भएको हुनसक्छ । उनको प्रशासनले अनावश्यक विद्यार्थी दमन गरेको हुन सक्छ र त्यो भन्दा अगाडि घुसपैठ पनि हुन सक्छ । त्यो सजाय उनले मात्रै पाउने हो अमेरिका नियंत्रित पश्चिमी मिडियामा आएको कुरा नै अन्तिम हो भने उनी अटोक्रेटिक हुन सक्छिन त्यो सजाय उनलाई मात्रै मिल्ने हो ।

बंगालादेशका राष्ट्पिता शेख मुजिबुर रहमानको शालिकमा मागि चढेर आन्दोलनकारीहरुले पिसाब गरिरहेको दृष्य
तर शेख मुजिबुर रहमानको शालिकमा पिसाब गरेर त्यसको हिसाब लिने हो भने बगलादेशको क्रान्तिले भन्नुपर्ने नै हुन्छ कि पाकिस्तानबाट बिभाजन गरेर बगलादेश बनाउने शेख मुजिबुर रहमान त्यो देशको राष्टपिता होइनन राष्टघाती थिए पाकिस्तानको लागि । एउटा भीडको बिबेक हुदैन त्यो भिडले जे पनि गर्छ यो सबैले बुझेका कुरा हुन तर यो दृष्यले सत्य निष्ठाको कुरा गरिरहनेहरुले धेरै पटक सोच्नुपर्छ कि हामी हिडिरहेको बाटो ठीक दिशातिर त छ । सोसल मिडियाको चावी हाम्रो हातमा छ ।
एकाबिहानै भगवानलाई दानव र दानबलाई भगवान बनाउन सकिन्छ । एआईको डिप फेक सिर्जना पनि अब हाम्रो हातमा छ । आजको बगलादेश बनेजस्तै भोलिको अर्को देश एकरातमा बन्न सक्छ चिन्ता नगर्नुस त्यो तपाईंले गर्नु पर्दैन अरुले नै गरिदिन्छ्न । त्यसैले होस गरु सबैले । डिप स्टेटको खेलाडी मैदानमा ड्टेर बसेका हुन्छन् । टेक्नोलोजीको यात्रामा एक लाखको जुलुस दशलाख बन्छ । बिबाद छात्र छात्रा र अदालतको थियो त्यो पनि सरकारले सल्टाएको थियो तर गोली चलिरहन्छन अनि जुलुस अगाडि बढिरहन्छन ।
आफुले धेरै बिश्वास गरेर नियुक्ति दिएको सेना प्रमुखले ४५ मिनेटमा देश छाडनुस भनेपछि उनले देश नछाडे मारिन्छिन ,एउटा प्रधानमन्त्री यति निरीह भएको देशको दृश्य त्यो पनि छिमेकी । प्रधानमन्त्री शेख हसिनाले ३१ अगस्तको दिन ढाका स्थित भारतीय राजदुत प्रणय बर्मालाई प्रधानमन्त्री कार्यलय बोलाएर आफ्नो ज्यान खतरामा परेको मात्रै भनिनन अनि भारत हिड्ने योजना बनाईन उनले । तर सेनाले उनलाई राजीनामा नदिई भारत हिड्न दिएन । अनि उनले तीन दिन रास्टिय बिदा दिएर ड्यामेज कन्टोलको कोशिश गरिन तर अब आन्दोलन जमायते इस्लामीको हातमा पुगिसकेको थियो जो पाकिस्तानबाट बगलादेश बनेकामा असन्तुष्ट थियो त्यो समूहले हिन्दु बौद्ध मात्रै होइन शेख मुजिबुर रहमानको मुर्ति पनि तोडफोड गरे। अनि हसिनाले देश छाडेर भाग्नु परेको छ । त्यो भीडमा प्रहरीले गोली चलायो कि अरुले प्रहरीको भेषमा गोली चलायो त्यो पनि स्पष्ट छैन ।
भीडमा छात्र नेता मात्र थिए कि अरु नै थिए यो बहस चलेको छ ,चलिरहनेछ अब देखि ,किनकी तथाकथित लोकतन्त्रको नमुना मानिएको चुनाव भएको सात महिनामा शेख हसिना देश छाडेकी छन , उनका सहयोगी जलाइएका छन , मारिएका छन पुलिस हड्तालमा गएको छ तर सेना मौन बसेको छ । किनकी चुनावलाई अमेरिकाले मान्यता दिएको थिएन। शेख हसिनाले अमेरिकालाई किन चिढाईन यसको पर्दा खुल्दै गर्ला ढिलो चाडो । अमेरिकाले मान्यता नदिएपछि त्यो देश लोकतन्त्र नहुने परिभाषामा त हामी पनि रमाइरहेका छौ भलै अमेरिकाले आफ्नो कठपुतली तानाशाह जति पनि पालोस। त्यसैले त लोकतन्त्रको परिभाषा पनि भानुमतिको पेटारो बनेको छ । ईरानको विरुद्ध युद्ध गरिरहेर अमेरिकाको दास बन्नेबेलासम्म सद्दाम हुसेन धेरै राम्रो मानिस थिए अमेरिकाको लागि ,,जुनदिन उनले अमेरिकाको कुरा सुनेनन त्यो दिनदेखि इराकमा रासायनिक हतियार खोज्न अमेरिका सेना र लडाकु विमान लिएर आईपुग्यो ।
बगलादेशको पुलिसको के दोष बिचराले सरकारको आदेश मानिरहेको थियो तर आज उसलाई अपराधी ठानिएको छ जबकी गोली उसले चलाईरहेको थियो कि अरु कसैलेरु त्यो सम्म उनीहरुलाई थाहा छैन । धेरै ठाउमा सन्दिग्ध मानिसको हातबाट बन्दुक बरामद भइरहेको छन अहिले पनि । त्यो त धेरै टाढाको कुरा हो यो आउने दिनमा पर्दा खुल्दै जाला । अमेरिकाले सोचेको थियो हसिना मान जायगी तर हसिनाले सोचिन मान्ने कुरा छोडिदेउ प्रभु ू बरु हसिना दिल्ली भाग जायगी ।
अमेरिकाले हसिनासगको असन्तुष्टिमा जे पाउन खोजेको छ त्यो पाउने देखिदैन उल्टो अब बगलादेश ईस्लामिक ब्रदरहुडको नयाँ डेस्टिनेशन बन्न सक्छ जमायते इस्लामीको नाममा । इजिप्टमा होस्ने मुबारकलाई सत्ताच्युत गर्दा जुन गल्ती अमेरिकीहरूले गरेको थिए र ईस्लामिक ब्रदरहुडले सत्ता लियो जसलाई हटाउन पछि सेनाले सत्ता लियो हसिनासग को असन्तुष्टिमा उनीहरूले दोहोराएको छ्न । केही समय कुरौ ।
जुन दिन पर्दा खुल्दैगर्ला त्यो दिन धेरै महत्वपूर्ण विषय पर्दाफास हुनेछ , सबैको लागि । तर अब धेरै कुरा शेख हसिना बाहेक अरुलाई थाहा हुने कुरा भएन ,किनकि २ हप्ताको छोटो समयमा बगलादेशको तथाकथित लोकतन्त्रको धज्जी उडेको मात्रै होइन हसिनाले देश नै छाडनु परेको छ ,रास्ट्रपिता शेख मुजिबुर रहमानको मुर्ति तोडिएको छ । तर यो घटनाक्रमले एशियामा नयाँ सम्भावनालाई जन्म भने दिएको छ।