
विदुर । भोटेकोशी नदीबाट आएको बाढीका कारण रसुवा नुवाकोट जिल्लाको त्रिशूली नदी आसपासमा जोखिम बढेपछि नुवाकोटको विदुर नगरपालिकाले सतर्कता सम्बन्धी सूचना जारी गरेको छ।
नगरप्रमुख राजन श्रेष्ठले केरुङ र रसुवाको माथिल्लो क्षेत्रमा निरन्तर परेको भारी वर्षा र तिब्बततर्फको सम्भावित हिमताल विस्फोटका कारण त्रिशुली नदीमा अझै ठूलो बाढी आउन सक्ने जानकारी प्राप्त भएको भन्दै भन्दै सचेत रहन सूचनामार्फन सन्देश प्रावह गर्नुभएको छ ।
नगरपालिकाले त्रिशुली नदी किनाराका बेत्रावती, सोले, तुप्चे, भैसे, १ नं पुल, शुभघाट, सिल्ट्याङकी, बिजुरा, इन्द्रेणीचौर, त्रिशूली बजार, ढुङ्गे, सिमचौर, सिचाई, चण्डीपोखरी, बुहुनीबेसी, देविघाट, श्रीखाली, बाँङ्गीवगर, ढोडीनी, मैटारवगर नागरिकलाई सचेत रहन भनेको छ ।
साथै नागरिकहरूलाई आवश्यकता नपरेसम्म नदी किनार नजान, बालबालिका तथा पशु चौपाया सुरक्षित स्थानमा सार्न, र सम्भावित जोखिमको मूल्याङ्कन गर्दै तत्काल सतर्कता अपनाउन आग्रह गरिएको छ नगर प्रमुख श्रेष्ठले समयमै सावधानी अपनाउन सबैलाई हार्दिक अनुरोध गर्नुभएको छ ।