Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोट र रसुवामा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध खोप अभियान शुरू

नुवाकोट पुकार २६ श्रावण २०८१, शनिबार १२:४८

काठमाण्डौ – नुवाकोट र रसुवामा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध खोप अभियान शुरू  गरिएको छ । गाईभैँसीमा लाग्ने विषाणुजन्य लम्पी स्किन रोगविरुद्ध जिल्ला पशु सेवा कार्यालय नुवाकोटको आयोजनामा नुवाकोटसहित रसुवामा सप्ताहव्यापी खोप अभियान शुरू भएको हो ।

पशु सेवा कार्यालय नुवकोटका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. रामप्रकाश प्रधानले विदुर नगरपालिका–६ मल्ल बहुउद्देश्य कृषि फार्ममा पालन गरेका भैँसीमा खोप लगाएर अभियानको सुरूवात गर्नुभएको हो । जन्मेको तीन महिनाभन्दा माथिका बिरामीबाहेक सबै गाईभैँसीलाई खोप लगाउन खोपकर्ता परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

नुवाकोट र रसुवाका किसानले पालेका सम्पूर्ण गाईभैँसीलाई निःशुल्क खोप लगाउन १० हजार डोज खोपसहित ३१ जना खोपकर्ता परिचालन गरिएको छ । अभियानअन्तर्गत ती दुई जिल्लामा २५ हजार गाईभैँसीलाई समेट्ने लक्ष्य छ ।

बाग्मती प्रदेश सरकारले मातहतका सबै जिल्लामा अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा २०७७ साल असारमा पहिलो पटक देखिएको पशुचौपायामा लाग्ने लम्पी स्किन रोग गएको वर्ष महामारीका रूपमा फैलिएको थियो ।

७७ जिल्लामा फैलिएको यो रोगबाट किसानले झण्डै ७५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोर्नु परेको पशु चिकित्सा परिषद्को एक अध्ययन प्रतिवेदनले देखाएको थियो । यो तथ्याङ्कका आधारमा नेपालमा पशु धनको क्षेत्रमा इतिहासकै ठुलो क्षति किसानले बेहोरेका हुन् ।

Continue Reading

Previous: क्षेत्रपालका विद्यार्थीले मनाए ,फुड फेष्टिबल,
Next: बंगलादेशको राजनीतिक घटनाक्रमसँगै एशियामा देखिएको नयाँ सम्भावना

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार