Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बागमती प्रदेशमा विश्वविद्यालय उपाध्यक्षका लागि आवेदन माग

नुवाकोट पुकार ३० श्रावण २०८१, बुधबार १२:४३

हेटौँडा, साउन ३० गते । बागमती प्रदेश सरकारले सञ्चालनको तयारी गरेको बागमती प्रदेश विश्वविद्यालयका लागि आवेदन माग गरेको छ । बागमती प्रदेश विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को सचिवालयले विश्वविद्यालयको उपाध्यक्षमा नियुक्तिको आवेदन माग गरेको हो ।

विश्वविद्यालय संरक्षक समितिको सचिवालयले १५ दिने सूचना प्रकाशित गर्दै उपाध्यक्षका लागि योग्यता पुगेका उम्मेदवारलाई आवेदन दिन भनेको छ । बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष सिफारिससम्बन्धी कार्यविधि २०८१ अनुसार उपाध्यक्षका लागि उम्मेदवार हुन ५६ वर्ष ननाघेको, १० वर्ष विश्वविद्यालय अन्तर्गत कम्तीमा उपप्राध्यापक वा सोसरहको अनुभव वा सोसरहको नेपाल–प्रदेश–स्थानीय सरकारका सेवामा कम्तीमा उपसचिव वा सोसरहको अनुभव भएको र शैक्षिक प्रशासनिक अनुभव भएको हुनुपर्नेछ । 

कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण भएको, कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा र कुनै पनि फौजदारी अभियोगमा कसुरदार नठहरिएको स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

उपाध्यक्षको आवेदकले आफ्नो अवधारणा र व्यावसायिक कार्ययोजनासहित निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यसअघि गत वैशाखमा प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना गर्नेगरी ल्याएको विधान कार्यान्वयनमा नआउँदै खारेज गरी असारमा अर्को विधान ल्याएको थियो ।

Continue Reading

Previous: आजको मौसम : बागमतीसहित सातै प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
Next: शेयर बजार ३४ अङ्कले बढ्याे, २३ अर्ब ४३ करोड रुपैयाँकाे काराेबार

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार