Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

गंगटे–लब्धु–समुन्द्राटार–गोल्फु भन्ज्याड्. सडकको प्राविधिक प्रस्ताव स्वीकृत, छिट्टै आर्थिक प्रस्ताव पनि खुल्ने

नुवाकोट पुकार ३२ श्रावण २०८१, शुक्रबार १०:०९

विदुर । नुवाकोट जिल्लाको दोस्रो महत्वपूर्ण सडक गंगटे–लब्धु–समुन्द्राटार–गोल्फु भन्ज्याड्। सडकको ठेक्का प्रक्रियाको प्राविधिक प्रस्ताव स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय पछि डिभिजन सडक कार्यालय नुवाकोटले प्रस्ताव स्वीकृत भएको सूचना सार्वजनिक गरेको छ । आज बिहिबार सार्वजनिक सूचनामार्फत प्राविधिक प्रस्ताव स्वीकृत गरेको सूचना सार्वजनिक भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा नुवाकोट क्षेत्र नं १ का जनप्रतिनिधि तथा कांग्रेसका नेताहरुको बारम्बारको खबरदारीपछि मन्त्रालयले अड्किएको ठेक्काको प्रक्रिया स्वीकृत गरेको हो । यो सँगै उक्त सडक आयोजनाको सडक स्तरोन्त्तरीको काम सुरु हुने भएको छ । यो सँगै नुवाकोट जिल्लाका चार गाउँपालिकाका झण्डै ५० हजार नागरिक लाभान्वित हुनेछन् ।

गगटेबाट गोल्भन्ज्याड.सम्म ६७ किलोमिटर रहेको छ । नौ मिटर चौडाइको उक्त सडक खन्ने, पुल बनाउने काम समेत सम्पन्न भैसकेको छ । अर्थमन्त्रालयले उक्त सडक स्तरोन्त्तरीसहित कालोपत्रेका लागि ठेक्का प्रक्रिया अघि बढाएको थियो ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा बजेट वक्तव्यमा बहुवर्षीय योजनाका लागि भन्दै सुरुमा ३० करोड बजेटको व्यवस्था गरिएको थियो । उक्त सडकको प्राविधिक सर्वेक्षणपछि कुल लागत १ अर्ब २० करोडको हुने भएपछि अर्थ मन्त्रालयले सोही बराबरको रकम स्रोत सुनिश्चित गरेको थियो । अर्थमन्त्रालयले २०८० मंसिर १८ गते राष्ट्यि योजना आयोगलाई पत्र लेखे १ अर्ब २० करोडको स्रोत सुनिश्चितता भएको पत्र पठाएको थियो । मन्त्रालयले स्रोत सुनिश्चित गरेसँगै उक्त सडक बहुवर्षीय योजनाका रुपमा ठेक्का प्रक्रिया अघि बढाइएको थियो ।

डिभिजन सडक कार्यालय नुवाकोटले प्राविधिक प्रस्ताव स्वीकृत भएसँगै आर्थिक प्रस्तावका लागि विभाग पठाइने स्वीकृत स्वीकृत भएसँगै खोलिने जनाएको छ । सूचना अधिकारी अमृत प्रसाद यादवले आर्थिक प्रस्ताव पनि छिट्टै खोलिने जानकारी दिनुभयो । उहाँले १७ जना मध्ये प्राविधिक रुपमा १६ जना पास भएको र सोही १० जनामध्येबाट छनोट गरेर आर्थिक प्रस्ताव स्वीकत गर्ने जानकारी पनि दिनुभयो ।

सडक निर्माणका लागि डिभिजन सडक कार्यालय नुवाकोटल २०८० साल चैत्र १० अनलाइन मार्फत सार्वजनिक सूचना प्रकाशित गरेको थियो । ठेक्का प्रक्रियालाई लागि डिभिजन सडक कार्यालय नुवाकोटले प्राविधिक विषयका सधै काम पूरा गरेर सडक विभागलाई पत्र लेखेको थियो । तर विभागमा पुगेपछि उक्त पत्रको जवाफ नआउँदा आर्थिक रुपमा ठेक्का प्रक्रिया अघि बढाउन बढ्न सकेको थिएन ।

माओवादी र कांग्रेस गठबन्धनको सरकारको नेतृत्व परिवर्तन भएसँगै उक्त आयोजनाका विषयमा थप प्रक्रिया रोकिन पुगेको थियो । विभागले ठेक्का प्रक्रियामा सहभागि भएका ठेकेदार कम्पनीहरुमध्ये दुईवटा कम्पनी अख्तियारले छानविनमा दायरमा राखेकाहरुको समेत सहभागिता भएको भन्दै यसको प्रक्रिया रोकेको थियो ।

ठेक्काका सबै प्रक्रिया पूरा गरेर काम अघि बढिसक्कनु पर्ने बेलामा सरकार परिवर्तन भएसँगै उक्त आयोजनाको काम रोकिएको थियो । डा। महतले उक्त आयोजनका विषयमा चासोकासाथ सरकारको ध्यानाकर्षण गराएपछि सडक निर्माणको काम अघि बढ्ने निश्चित भएको छ ।डिभिजन सडक कार्यालयले अब थप काम अघि बढ्ने बताएको छ । कार्यालयका सूचना अधिकारी अमृत प्रसद यादवले प्राविधिक रुपमा १७ जना मध्ये १६को प्रस्ताव स्वकृत भएको र एक जना फेल भएको जानकारी दिनुभयो । उहाँल यसअघि पेश भएका १६ जनाको प्रस्ताव हेरेर तकाल त्यस प्रस्तावकोलार्य पनि खुलाउने र यसै आर्थिक वर्षमा काम सुरु गर्ने जानकारी दिनुभयो ।

Continue Reading

Previous: सीमानाकामा मनाइयो भारतको ७८औं स्वतन्त्रता दिवस
Next: प्रभु बैंकका ग्राहक तथा कर्मचारीले समाज डेन्टल अस्पतालमा १५ प्रतिशत छुट पाउने

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार