Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने 

नुवाकोट पुकार २ भाद्र २०८१, आईतवार १०:०९ 1 min read

सन्जिब दुलाल 

काठमाडौँ । नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुने भएको छ । 

एचआइभी सङ्क्रमित तथा लागु पदार्थ प्रयोगकर्ताहरूको सवालमा काम गर्दै आएको सुरुवात नामक संस्थाका माध्यमबाट नेपालका एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन हुन लागेको हो । सुरुवातले हाल क्यानडामा स्थीत The Research Institute of Health, McGill University Health Centerको सहयोगमा “Measuring the Sexual and Reproductive Health and Rights and Responding to the Needs of Indigenous PLHIV Women’s and Girl’s in Nepal” आदिवासी एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार र आवश्यकताहरू अध्ययन नामक परियोजना अन्तर्गत उक्त अध्ययन हुन लागेको हो । 

एचआइभी सङ्क्रमितहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा कसैको पनि चासो नरहेको अवस्थामा आदिवासी एचआइभी सङ्क्रमित महिला र किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सवालमा अध्ययन हुनु आफैमा चुनौतीको विषय भएको सुरुवातका राजेश दिदियाले जानकारी दिनुभयो । 

एचआइभी सङ्क्रमितहरूको विषयमा यौन तथा प्रजनन स्वास्थ्य उपचारका लागि तथा परामर्शको लागि जो कोही स्वास्थ्य संस्था सम्म पुग्दा समेत किन चाहियो प्रजनन स्वास्थ्य सेवा भन्ने अवस्था रहेको बताउँदै उहाँले आदिवासी जनजातिहरू अझ महिला तथा किशोरीहरूको अवस्था अझ भयावह रहेको दिदियाले जानकारी दिनुभयो । 

उक्त परियोजना मार्फत विश्वका ७ देशहरूमा एकै पटक आदिवासी जनजाति महिला तथा किशोरीहरूको विषयमा अध्ययन हुने उहाँले जानकारी दिनुभयो । नेपालमा भने यस परियोजनालाई सुरुवातले व्यवस्थापन गर्न लागेको जानकारी दिँदै नेपालका २२ जिल्लाका आदिवासी जनजाति महिला तथा किशोरीहरूको प्रजनन स्वास्थ्य र अधिकारका विषयमा अध्ययन गर्न लागेको दिदियाले जानकारी दिनुभयो । 

यो परियोजना विश्वका ७ देशहरूमा, जसमध्ये न्यु जिल्यान्ड, ग्वाटेमाला, पेरु, क्यानडा, नाइजेरिया, भारत, र नेपाल समावेश छन्, कार्यान्वयनमा रहेको छ।

नेपालमा, यो परियोजनाले एचआइभी सङ्क्रमित आदिवासी जनजाति किशोरी तथा महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यको ज्ञान, अवस्था, तथा भविष्यमा गर्नु पर्ने कार्यहरूको अध्ययन गर्ने लक्ष्य राखेको सुरुवातका अध्ययन व्यवस्थापक अनुप अधिकारीले जानकारी दिनुभयो । यो अध्ययन ART सेन्टरहरू र स्थानीय संस्थाहरू मार्फत २२ वटा जिल्लामा व्यवस्थित रूपमा सञ्चालन गरिनेछ । यस कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउन राष्ट्रिय सल्लाहकार समितिको बैठक हालै सम्पन्न भएको छ । बैठकले परियोजनाको कार्यान्वयनका लागि आवश्यक सहमति र निर्देशन प्रदान गरेको छ।

Continue Reading

Previous: गाइजात्राका अवसरमा बागमतीमा भदौं ४ गते सार्वजनिक बिदा
Next: वरिष्ठ वामचिन्तक स्वर्गीय गणेश पण्डितको ,पण्डित स्मृत ग्रन्थ,प्रकाशित

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७
बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार