Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

तनहुँमा बस दुर्घटना अपडेट : २७ जनाको मृत्यु, १६ घाइते

नुवाकोट पुकार ७ भाद्र २०८१, शुक्रबार २०:२०

गोरखा । तनहुँको आँबुखैरेनीस्थित ऐनापहिरा भन्ने ठाउँमा भएको बस दुर्घटनामा परेर २७ जनाले ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार बसमा सवार ४३ मध्ये १६ जनाको उपचार भइरहेको छ । उद्धारको काम सकिएको तनहुँका प्रहरी प्रमुख विरेन्द्र शाहीले बताउनुभयो । घाइतेहरू मध्ये अधिकांशको त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

वेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

भारतीय राजदूतावासका अधिकारीहरू आँवुखैरेनी अस्पताल आइपुगेका छन् । उनीहरूका आफन्त र दूतावासका कर्मचारी मार्फत शवको सनाखत भइरहेको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७ जना पुगेको तनहुँका प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो । २६ जनाको आँबुखैरेनी अस्पतालमा मृत्यु भएको हो भने एक जनाको चितवनस्थित अस्पतालमा मृत्यु भएको प्रजिअ गौतमले बताउनुभयो ।

आँबुखैरेनी अस्पतालमा १५ महिला र ११ पुरुषको मृत्यु भएको छ भने चितवनमा एक बालकको मृत्यु भएको हो । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव अस्पतालमै रहेको प्रजिअ गौतमले जानकारी दिनुभयो । गम्भीर अवस्थामा रहेका घाइतेहरूको प्राथमिक उपचार गर्दागर्दै मृत्यु भएको आँवुखैरेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डिवि क्षत्रीले बताउनुभयो ।

बसमा चालक र सह चालकसहित ४३ जना सवार रहेको खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । यात्रुबहाक बस आज बिहान पोखराको मझेरी रिसोर्टबाट काठमाडौँका लागि छुटेको थियो ।रेडियो नेपाल अनलाईनबाट

Continue Reading

Previous: कांग्रेस केन्द्रीय समिति बैठकमा आरजुको ब्रिफिड.,भारतले वर्तमान सरकारलाई राम्रो ‘रेस्पोन्स’ गरेको पाए
Next: रैनाथे कृषिलाई संरक्षण र बजारिकरण गर्न प्रदेश सरकार तयार ः मुख्यमन्त्री लामा

सम्बन्धित समाचार

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२६ असार २०८२, बिहीबार ०८:०७

छुटाउनु भयो कि ?

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

बागमतीसहितका प्रदेशहरुमा भारी वर्षा हुने पूर्वानुमान

२६ असार २०८२, बिहीबार ०८:००

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार